
बिहिवार , भाद्र १८, २०७७
बुटवल, १८ भदौ ।
मानिसहरुमा कोरोना भाइरस संक्रमणविरुद्ध अडियो सामग्री तयार गरेर रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले बिहीबारदेखि बुटवल उपमहानगरपालिकामा सचेतनामूलक माइकिङ कार्यक्रम सुरु गरेको छ । एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै कोरोना संक्रमण रोक्ने जिम्मेवारी सबै नागरिकको भएको बताए । आफुहरुले सचेतना जगाउने अभियान प्राथमिकता राखेर अघि बढेको भन्दै यसमा यस क्षेत्रका सामाजिक संघसस्थाहरुको साथ पाएको समेत बताए ।
विज्ञहरुका अनुसार कोरोनाको आयु बढीमा ३ वर्षसम्म हुने अनुमान गरिएकाले यो अनुकुल मानिसहरु चेतना र जागरण काम गर्नुपर्ने उनको सुझाव छ । क्लबले ठिक समयमा सही कामको थालनी गरेको उनको तर्क छ ।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले क्लबमार्फत कोरोना भाइरस संक्रमणको अभियानमा सुरुवातबाट नै निरन्तर लागेको बताए । पहिलो चरणमा विभिन्न संचार गृह, सुरक्षा निकायलाई हेन्डवास मेशिन, मास्क वितरण, अन्तरक्रिया कार्यक्रमहरु गरेको बताए । मानिसमा चेतना जगाउने उत्तम उपायका रुपमा माईकिङ उपयुक्त माध्यम भएको दाबी गर्दै बुटवल उपमहानगरका घरघरमा पुग्ने गरी कार्यक्रम बनाएको उनले बताए ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्ष नवीन श्रेष्ठ, बालकृष्ण अर्याल, कोषाध्यक्ष निरज श्रेष्ठले भाषण भन्दा पनि काम गर्ने सही समय आएको भन्दै यसलाई सबैले सदुपयोग गर्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij