२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

बिहिवार , भाद्र १८, २०७७

रुपन्देही, १८ भदौ । 
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित महिलाको बिहीवार मृत्यु भएको छ ।

कोरोना विशेष अस्थायी अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएकोेमा उनको बिहीवार बिहान साढे ४ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकलपर्सन डा. सुदर्शन थापाले बताए ।

बुधबार साँझ ७ बजे अस्पताल ल्याइएकी रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११, सालझण्डीकी ७७ वर्षीया महिलाको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको थियो । 

गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी महिलालाई अक्सिजन दिई उपचार गरिएको र श्वास लिन नसकेपछि मृत्यु भएको डा. थापाले जनाए । हाल लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा २ जना कोरोना संक्रमित उपचाररत छन् ।