
बुधवार , भाद्र १७, २०७७
भैरहवा, १७ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवामा) बुधबारसम्म ६९ जना कोरोना संक्रमित विरामी निको भएर घर फर्किएका छन् । हालसम्म ६९ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।
त्यस्तै सिद्धार्थनगरमा हालसम्म कोरोना संक्रमितको संख्या १५३ पुगेको छ । नगरपालिकाका अनुसार वडा नम्बर १ मा १७, २ मा ८, ३ मा १२, ४ मा १२, ५ मा १, ६ मा २०, ७ मा ६, ८ मा ३९, ९ मा १०, १० मा २, १२ मा १५, १३ मा ७ र वडा नखुलेको ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो तथ्यांक बुधबार सांझ ५ बजेसम्मको हो ।
त्यस्तै हाल ८४ जना आइसोलेसनमा छन् । कोरोना संक्रमित भइ होम आइसोलेसनमा ५७, होटल आइसोलेशनमा १, अस्पताल आइसोलेशनमा २३ र नगरपालिकाको आइसोलेशनमा ३ जना रहेको नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले जानकारी दिए । आइसोलेसनमा हुनेमा ४१ जना महिला र ४३ जना पुरुष रहेको ज्ञवालीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij