
बुधवार , भाद्र १७, २०७७
भैरहवा, १७ भदौ ।
भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको बुधबार मृत्यु भएको छ । आइसीयूमा राखेर उपचार गराइरहेका रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ बस्ने ५७ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । मुटुरोगको समस्या भएका पुरुषको उपचारका क्रममा हृदयघातबाट बुधबार दिउँसो साढे ३ बजे मृत्यु भएको डा. पोखरेलले जानकारी दिए ।
मृतक पुरुषलाई भदौ १३ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलबाट रिफर गरिएपछि उनको भदौ १५ गतेदेखि भीम अस्पतालमा उपचार भइरहेको थियो । मंगलबार राती भीम अस्पतालमै उपचाररत नवलपरासीको रामग्राम नगरपालिका–५ की कोरोना संक्रमित ६५ वर्षिय महिलाको मृत्यु भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij