
बुधवार , भाद्र १७, २०७७
भैरहवा, १७ भदौ ।
रुपन्देहीमा बुधबार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ९ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिकामा ५, सिद्धार्थनगर नगरपालिकामा २ र तिलोत्तमा नगरपालिकामा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो तथ्यांक बुधबार सांझ साढे ४ सम्मको हो ।
मंगलबार रुपन्देहीमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो संगै रुपन्देहीमा हालसम्म कोरोना भाइरस संक्रमणको पुष्टि हुनेको संख्या १ हजार ८३ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले बताए ।
त्यस्तै जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । त्यसै गरी कोरोना संक्रमणबाट ४८६ जना निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसै गरी कोरोना संक्रमित भइ हाल जिल्लामा ५८७ जनाले उपचार गराइरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij