२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

अर्घाखाँचीमा एक साताका लागि निषेधाज्ञा थपियो 

बुधवार , भाद्र १७, २०७७

अर्घाखाँची, १७ भदौ ।
अर्घाखाँचीमा भदौ २४ गतेसम्म एक साताका लागि निषेधाज्ञा थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञाको दोस्रो चरणको समय अवधि बुधबार राती १२ बजे सकिंदैछ ।
त्यसलाई निरन्तरता दिंदै भदौ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा गरिने निर्णय भएको हो ।

जिल्लामा कोरोना संक्रमण समुदायसम्म पुगेको भन्दै बैठकले जिल्लावासीलाई कोभिड–१९ को महामारीबाट सुरक्षित राख्न पुनः निषेधाज्ञा गर्ने निर्णय गरेको सहायक प्रमुख  जिल्ला अधिकारी  विनोद खनालले जानकारी दिए । विकास निर्माणका कामलाई भने सामाजिक दुरी कायम गरी सञ्चालन गर्ने निर्णय भएको बताइएको छ । यस्तै निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहनेछन् ।

तरकारी, खाद्य पसल दिउँसो साढे ३ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछन् भने डेरी पसल बिहान ६ देखि ८ बजेसम्म खोल्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको जनाइएको छ । हाल जिल्लामा समुदायस्तरका कोरोना संक्रमितसहित सक्रिय कोरोना संक्रमित  संख्या २५ रहेको छ ।