बुधवार , भाद्र १७, २०७७
भैरहवा, १७ भदौ ।
भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षिय महिलाको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते अस्पतालको आइसोलेसनमा भर्ना भएकी नवलपरासीको रामग्राम नगरपालिका–५ की ६५ वर्षिय महिलाको मंगलबार राती ९ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।
सूचना अधिकारी डा.पोखरेलका अनुसार मृतक महिलाको आइसीयूमा राखेर उपचार भइरहेको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij