२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्यूठानका थप २० जनामा कोरोना पुष्टि, संक्रमित संख्या २११ पुग्यो

मंगलवार , श्रावण ६, २०७७

प्यूठान। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्यूठानका थप २० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
 
योसँगै जिल्लामामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ११ जना पुगेको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्शन पुस्कल श्रेष्ठले जानकारी दिए ।
 
उनका अनुसार ऐरावती गाउँपालिकाका १६ र र प्युठान नगरपालीकाका ४ जनामा शुक्रबार कोरोना सँक्रमण देखिएको हो। स‌ँक्रमितहरु सवै पुरुष हुन। उनिहरु १४ देखी ५७ बर्ष उमेर समुहका छन्। जिल्ला भर निको भई २ जना घर फर्किएका छन्।
 
अन्यको स्थानिय आईसोलेशनमा उपचार भईरहेको छ। उनिहरुको स्वास्थ्य अबस्था पनि सामान्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।