
मंगलवार , भाद्र १६, २०७७
भैरहवा, १६ भदौ ।
रुपन्देहीमा मंगलबार थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३० जना महिला र ४३ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकामा ३१, सिद्धार्थनगर नगरपालिकामा ५, सियारी गाउँपालिकामा १, रोहिणी गाउँपालिकामा १५, तिलोत्तमा नगरपालिकामा २० र देवदह नगरपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो तथ्यांक मंगलबार सांझ साढे ४ सम्मको हो ।
यो संगै रुपन्देहीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको संख्या १ हजार ७४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले बताए ।
त्यस्तै जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । त्यसै गरी कोरोना संक्रमणबाट ४३५ जना निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसै गरी कोरोना संक्रमित भइ हाल जिल्लामा ६२९ जना उपचार गराइरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij