
मंगलवार , भाद्र १६, २०७७
बुटवल, १६ भदौ ।
कोभिड–१९ कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिरहँदा धेरै मजदुर वर्गका मान्छेहरु बेरोजगार भइरहेको र भोकै बस्नुपर्ने अवस्था आएको भन्दै सामाजिक संजालमा सक्रिय घरघरमा हामी अभियानले बुटवलमा फूड बैंक सञ्चालनमा ल्याएको छ ।
बुटवलको देवीनगरमा हिजोदेखि सञ्चालनमा आएको फूड बैंकले हुनेले दिएर जाऔ नहुनेले लिएर भन्दै सहयोगदाताबाट ल्याउने र नहुनेहरुलाई वितरण गर्ने घरघरमा हामी अभियानका संयोजक शिव डुम्रेले बताए । डुम्रेका अनुसार लकडाउन लम्बिरहदा नागरिकहरुले रोजगारी गुमाएको र भोकै पर्नुपर्ने अवस्था आउने भन्दै कोही भोको नरहोस् भनेर यो अभियान चलाइएको हो । रुपन्देहीमा दिन चाहानेहरु धेरै हुनुहुन्छ तर दिने माध्यम पाउनुभएको छैन, हामी त्यसको माध्यम मात्र बनेका हौं, डुम्रेले भने ।
हिजो पहिलो दिन ६ जना दाताले दाल, चामल, नुन, तेल, सोयाबीन, चिउरा, चाउचाउ, माक्स, सेनिटाइजर, हरियो तरकारी दिएको र २५ जनाको परिवारले खाद्यान्न सामाग्री लगेका छन् ।
त्यसै गरी हरेक दिन नयाँ दाताले सहयोग गर्नेछन भने नयाँनयाँ ठाउँका नागरिकले सो खाद्यान्न पाउने छ्न । अभियानले लकडाउन अवधिभर मात्रै नभइ अरु समयमा पनि यसलाई व्यवस्थापन गरी फूड बैंक सञ्चालन गर्ने तयारी गरिएको अभियानले बताएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij