
सोमवार , भाद्र १५, २०७७
भैरहवा, १५ साउन ।
भैरहवास्थित भीम अस्पतालमा सोमबारदेखि आईसीयू बेड सञ्चालनमा आएको छ । प्रदेश नम्बर ५ सरकारले कोरोना विशेष अस्पताल घोषणा गरेको यो अस्पतालमा आईसीयू बेड भए पनि जनशक्तिको अभावमा विगत पाँच महिनादेखि सञ्चालनमा आउन थिएन ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाले एनेस्थेसियाको जनशक्ति पठाएपछि आईसीयू वेड सञ्चालनमा ल्याइएको हो । अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताका अनुसार अस्पतालमा कन्सल्ट्यान्ट फिजिसियन, मेडिकल अफिसर र नर्सिङका कर्मचारीको अझै अभाव छ । तर आईसीयू सञ्चालनमा आएसंगै सोमबार चारजना संक्रमित भर्ना भएको डा. गुप्ताले बताइन् । बुटवलका ३ जना र धकधईका एक जना भर्ना भएका हुन् । कोरोना संक्रमितलाई उपचारका लागि २२ वटा जनरल बेड छन् ।
प्रदेश ५ मा आइसीयू बेड ३४ वटा छन । जसमध्ये बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १६, भैरहवाको भीम अस्पतालमा ५, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ८ र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ५ वटा बेड छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij