२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पुन संचालनमा आयो नियमित रक्तदाता संघ, पहिलो कार्यक्रममा १५३ जनाद्वारा रक्तदान

मंगलवार , श्रावण ६, २०७७

बुटवल १३ असार। नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्ष पछि पुनःसंचालनमा आएको छ । पुन सञ्चालनमा आएपछि शनिवार गरेको पहिलो रक्तदान कार्यक्रममा १ सय ५३ जनाले रक्तदान गरेका छन् ।

संस्था पुर्नजिवित भएपछि आयोजित पहिलो रक्तदान कार्यक्रममा रक्तदान गर्नका लागि उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी प्रदेश ५ का महामन्त्री कृष्ण पंगेनीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरी कार्य योजना बनाएकोले यस्ता मानविय कार्यलाई अन्य संस्थाहरुले पनि अनुसरण गर्नु पर्ने धारणा राखे ।

संस्थाका संरक्षक तथा रुपन्देहीका पहिलो रक्तदाता मृगेन्द्र कुमार शेरचनले रगतको अभाव हुन नदिने गरी संस्थालाई पुर्नजिवन दिएको र अवका दिनमा यसलाई थप प्रभावकारी बनाउन माग गरे । संस्थाका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सहसंयोजक तथा कार्यक्रमका संयोजक लेखनाथ भण्डारी, सचिव महेश खनाल, सल्लाहकार विमल बहादुर शाक्य, सुुरेन्द शाक्य, राजकुमार श्रेष्ठ, आनन्द कुमार भट्रराई, कानुनी सल्लाहकार दामोदर घिमिरे, प्रेस सल्लाहकार यमलाल भुसाल लगायतले रगतको अभाव हुन नदिन र कोही कसैलाई रगतको समस्या परेमा तत्काल समाधान गर्न संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।

रक्तदान कार्यक्रममा रक्त संचार सेवा केन्द्रका निरन्जन राज भण्डारी, राधा ज्ञवाली, वारसि अली, हरि गुरुङ, जनम चौधरीले प्राविधिक सहयोगमा भएको थियो । संस्थाले हरेक महिनाको तेस्रो शनिवार रक्तदान गर्ने गरि कार्ययोजना बनाएको छ ।