२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सिद्धार्थनगरमा कोरोना संक्रमितको संख्या १४० पुग्यो

सोमवार , भाद्र १५, २०७७

भैरहवा, १५ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवामा) हालसम्म १४० जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) को पुष्टि भएको छ । सिद्धार्थनगर नगरपालिकाका अनुसार वडा नम्बर १ मा १३, २ मा ८, ३ मा ८, ४ मा १२, ५ मा १, ६ मा २०, ७ मा ३, ८ मा ३७, ९ मा १०, १० मा २, १२ मा १५, १३ मा ६ र वडा नखुलेको ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो तथ्यांक सोमबार सांझ ५ बजेसम्मको हो ।

सिद्धार्थनगरमा कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या ५६ पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।

त्यस्तै हाल ८४ जना आइसोलेसनमा छन् । कोरोना संक्रमित भइ होम आइसोलेसनमा ५८, होटल आइसोलेशनमा  ४, अस्पताल आइसोलेशनमा २० र नगरपालिकाको आइसोलेशनमा २ जना रहेको नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले जानकारी दिए । आइसोलेसनमा हुनेमा ४० जना महिला र ४४ जना पुरुष रहेको ज्ञवालीले जानकारी दिए ।