२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेपालमा पहिलो पटक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

सोमवार , भाद्र १५, २०७७

काठमाडौं- नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको  छ। 

महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो। 

मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पतालले कोरोना परीक्षणका लागि उनको स्वाब एक नीजि क्लिनिकमा पठाएकोमा कोरोना पोजेटिभ देखिएको बयोधा अस्पतालले जनाएको छ। 

अस्पताल स्रोतका अनुसार मृतक स्वास्थ्यकर्मीको श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको छ। श्रीमतीको बयोधा अस्पतालमा उपचार भइरहेको छ। 

मृतक स्वास्थ्यकर्मीको त्यही दिन नै अन्त्येष्टि गरिएको थियो। अस्पतालमा मृतक स्वास्थ्यकर्मीको स्वाब संकलन गरेपछि सोही दिन शव महोत्तरी पठाइएको थियो।

प्रदेश २ क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रकुमार झाले संक्रमित स्वास्थ्यकर्मीेको मृत्यु भएको पुष्टि गरे। ‘उहाँ एक निजी स्वास्थ्य संस्थामा हेल्थ असिस्टेन्टको रुपमा प्राक्टिस गर्नुहुन्थ्यो र औषधि व्यवसाय पनि गर्नु हुन्थ्यो,’ उनले भने, ‘उहाँमा स्वास्थ्य समस्या भएपछि उपचारका लागि काठमाडौं लगिएको थियो।’ स्वास्थ्यखबरबाट