
आइतवार , भाद्र १४, २०७७
भैरहवा, १४ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवामा) हालसम्म १३८ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) को पुष्टि भएको छ । नगरपालिकाका अनुसार वडा नम्बर १ मा १३, २ मा ८, ३ मा ८, ४ मा १२, ५ मा १, ६ मा १८, ७ मा ४, ८ मा ३७, ९ मा १०, १० मा २, १२ मा १५ र १३ मा ६ र वडा नम्बर नखुलेको ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो तथ्यांक आइतबार सांझ ५ बजेसम्मको हो ।
सिद्धार्थनगरमा कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या ४४ पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।
त्यस्तै हाल ९४ जना आइसोलेसनमा छन् । कोरोना संक्रमित भइ होम आइसोलेसनमा ५८, होटल आइसोलेशनमा १४, अस्पताल आइसोलेशनमा २० र नगरपालिकाको आइसोलेशनमा २ जना रहेको नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले जानकारी दिए । आइसोलेसनमा हुनेमा ४३ जना महिला र ५१ जना पुरुष रहेको ज्ञवालीले जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिकामा १३ जना बालबालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५ जना बालिका र ८ जना बालक रहेको नगरपालिकाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij