
आइतवार , भाद्र १४, २०७७
भैरहवा, १४ भदौ ।
रुपन्देहीमा आइतबार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १ जना महिला र १५ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार आइतबार बुटवल उपमहानगरपालिकामा ४, सिद्धार्थनगर नगरपालिकामा २, सैनामैना नगरपालिकामा ९ र तिलोत्तमा नगरपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
नेशनल प्याथ ल्याब बुटवल र लुम्बिनी प्रादेशिक अस्पतालमा भएको परीक्षणबाट आइतबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले बताए ।
यो संगै रुपन्देहीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको संख्या ९७६ पुगेको छ । त्यस्तै जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ । त्यसै गरी कोरोना संक्रमणबाट ३८२ जना निको भइसकेको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । त्यसै गरी कोरोना संक्रमित भइ हाल जिल्लामा ५८६ जना उपचार गराइरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij