२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

आइतवार , भाद्र १४, २०७७

भैरहवा, १४ भदौ ।
कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा आइतबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षिय पुरुषको आइतबार दिउँसो साढे १२ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कोभिड पोजेटिभ भइ आइतबार बिहान ४ः३५ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका पुरुषको मृत्यु भएको हो ।

मृत्यु भएका पुरुषमा ज्वरो, दिर्घ रोग, मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको र उनी बिहानदेखि अस्पतालको फिबर क्लिनिकको आइसोलेशनमा आइतबार बिहानदेखि उपचाररत रहेको डा. गौतमले जानकारी दिए । यो संगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।