
गम्भिर घाइते गर्भवतीलाई पोखरा लगियो
आइतवार , भाद्र १४, २०७७
स्याङ्जा, १४ भदौ ।
वालिङ नगरपालिका–५, मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान करिब ५ बजे दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीले जानकारी दिए ।
मृत्यु हुनेमा चापाकोट नगरपालिका–९, का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनी रहेको प्रहरीले जनाएको छ । वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौंबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
घाइतेमध्ये चापाकोट–९, की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक वडा नम्बर ९, कै ३१ वर्षीय सुरेन्द्र भण्डारीलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ । घाइते पवित्रा गर्भवती रहेको र काठमाडौंबाट घर आएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij