
आइतवार , भाद्र १४, २०७७
अर्घाखाँची, १४ भदौ ।
अर्घाखाँचीमा शनिबार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर नम्वर ३, ८ र ९ का क्रमश : २२, २३ र २४ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए ।
उनीहरु केही दिन अघि भारतबाट आई क्वारेन्टिनमा बसेका उनीहरुमा कोरोना संक्रमण देखिएको बरालले बताए ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ४७ पुगेको छ । जसमध्ये जिल्लामा हाल सम्म कोरोनाका कारण ३ जनको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । त्यस्तै अर्घाखाँचीमा ३ सय २६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन ।
अर्घाखाँचीमा हाल १८ जना सक्रिय कोरोना संक्रमित आइसोलेशनमा उपचाररत छन् । त्यस्तै भारत तथा छिमेकी जिल्लाबाट आएर स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बस्नेको संख्या ८२ रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij