
शनिवार , भाद्र १३, २०७७
भैरहवा, १३ भदौ ।
लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी २ नेपालको पहिलो जिल्ला क्याबिनेट बैठक कोरोना संक्रमणको कारण भर्चुअल रुपमा सम्पन्न भएको छ ।
शनिबार दिउँसो सम्पन्न भएको भर्चुअल क्याबिनेट बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि संजय खेतानले कोराना संक्रमण अझै फैलिन सक्नेतर्फ सबै लायन सदस्यहरुलाई सचेत गराएका छन् । उनले भने, ‘धेरै समयसम्म कोभिड–१९ संग जुध्नुपर्ने देखिएको छ । यो महामारीले विश्वलाई चौतर्फी रुपमा चपेटामा पारेको छ । हामी सबै सचेत हुनु जरुरी छ ।’
खेतानले सेवालाई प्राथमिकता दिएर लायन्स क्लबहरु एकताबद्ध भइ विपन्न तथा गरीबहरुलाई खाना खुवाउने अभियान चलाउन, ठाउँठाउँमा आइसोलेशन सेन्टर स्थापना गर्न, प्लाज्मा थेरापीको लागि कोभिडको संक्रमण भएका व्यक्तिहरुलाईसहयोग गर्न र अक्सिजन बैंक स्थापना गर्न निर्देशन दिए ।
खेतानले सदस्यता वृद्धिमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ नम्बर वान भइरहेको भन्दै खुशी समेत व्यक्त गरे । उनले भने, ‘हामी सदस्यता वृद्धि अभियानको शिखरमा छौं । गर्भनरको नेतृत्वमा सबै क्लब र लायन्सका अगुवाले काधंमा काधं मिलाएर अगाडी बढ्नुपर्छ । ’
बैठकमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी २ का गर्भनर शम्भु नकर्मिले चालु महिना सदस्य वृद्धिको महिना भएको उल्लेख गर्दै सदस्यता वृद्धिमा उल्लेखनीय प्रगति गर्न सकेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘हाम्रो डिष्ट्रिकमा ५४ जना सदस्य भएको क्लब पनि स्थापना भएको छ । हामी सदस्य वृद्धिको अभियानको लक्ष्य चुम्ने बाटोतफए अग्रसर छौं । हाम्रो ३ हजार एक सय पचास सदस्य पु¥याउने अभियानमा छौं’ । डिष्ट्रिीक ३२५ बी २ अन्तर्गत लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी ५४ जना सदस्यसहित नयाँ स्थापना भएको क्लब हो ।
बैठकमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी २ का कोषाध्यक्ष शिव विडारीले बजेट प्रस्तुत गरेका थिए ।
बैठकमा एरिया चार अन्तर्गतका डिष्ट्रिक, जोन तथा क्लबहरुले सम्पन्न गरेका विभिन्न कार्यक्रमहरुको बारेमा पनि क्याबिनेट सचिव टाशि डोल्मा द्वारा जानकारी गराइएको थियो । सो अवसरमा लायन्स क्लब इन्टरनेशनलको सहयोगमा भिटिएम किट प्राप्त भइरहेको, मधुमेहको कार्यक्रम एरिया चारमा पहिलो चरणमा सकिसकेको जानकारी समेत गराइएको थियो ।
बर्ष २०२०/२०२१ को पहिलो भर्चुअल क्याबिनेट बैठकमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी २ का क्याबिनेट सदस्यहरु,पुर्व गर्भनर, जोन चेयरपर्सन तथा लायन्सका पदाधिकारी एवं अन्तर्गतका क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको गरी एक हजार भन्दा बढीको सहभागिता रहेको थियो ।
सो अवसरमा रचनात्मक काम गर्ने विभिन्न क्लबहरुलाई अर्बाड दिने घोषणा समेत गरिएको थियो । सो अवसरमा १०९ जोन चेयरपर्सनमध्ये रुपन्देहीका लायन्स अगुवा ओम जैसी उत्कृष्ट जोन चेयरपर्सन भएका छन भने विजय पाण्डे तृतीय र अनिता थापा छैठौ भएका छन् । साे अवसरमा हाईट मेम्बरसिप अवार्ड लायन्स कल्ब अफ भैरहवा ग्रिनसिटी लाई प्रदान गरिएकाे थियाे ।
सो अवसरमा सबैभन्दा धेरै क्लब खोल्न भूमिका खेल्ने नवराज न्यौपानेलाई फोर स्टारले सम्मान गरिएको थियो । न्यौपानेको अगुवाइमा ७ वटा क्लब स्थापना भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij