
शनिवार , भाद्र १३, २०७७
भैरहवा, १३ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवामा) हालसम्म १२५ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) को पुष्टि भएको छ । सिद्धार्थनगर नगरपालिकाका अनुसार वडा नम्बर १ मा १२, २ मा ८, ३ मा ८, ४ मा १२, ५ मा १, ६ मा १६, ७ मा ३, ८ मा ३७, ९ मा ८, १० मा २, १२ मा ९ र १३ मा ५ र वडा नखुलेको ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो तथ्यांक शनिबार सांझ ५ बजेसम्मको हो ।
सिद्धार्थनगरमा कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या ४४ पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।
त्यस्तै हाल आइसोलेसनमा ८१ जना आइसोलेसनमा छन् । कोरोना संक्रमित भइ होम आइसोलेसनमा ५०, होटल आइसोलेशनमा १४, अस्पताल आइसोलेशनमा १५ र नगरपालिकाको आइसोलेशनमा २ जना रहेको नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले जानकारी दिए । आइसोलेसनमा हुनेमा ३९ जना महिला र ४२ जना पुरुष रहेको ज्ञवालीले जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिकामा १३ जना बालबालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५ जना बालिका र ८ जना बालक रहेको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार सिद्धार्थनगर नगरपालिकामा शनिबार थप ७ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij