२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रोटरी बुटवल चौतारीद्वारा विभिन्न क्षेत्रमा सहयोग

शनिवार , भाद्र १३, २०७७

बुटवल, १३ भदौ ।
रोटरी क्लब अफ बुटवल चौतारीले कोरोनाको महामारीको समस्यामा परेका विभिन्न क्षेत्रहरुमा सहयोग गरेको छ ।
मानव सेवा आश्रम बुटवल, नेपाल अपांग आश्रम देवीनगर र प्रहरी कार्यालय मंगलापुरमा पुगेर क्लबले सस्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

३ स्थानमा गरी १ हजार ४ सय ३० थान मास्क, ४० लिटर सेनिटाइजर, ३ वटा सोलार लाईट र वृद्धवृद्धाको लागि आवश्यक पर्ने डाइप प्रदान गरेको क्लबका अध्यक्ष थानेश्वर पाण्डेले जानकारी दिए ।

कार्यक्रममा मानव सेवा आश्रम रुपन्देही संयोजक सरु अधिकारी, नेपाल अपांग आश्रम देवीनगरका अध्यक्ष दल बहादुर गुरुङ र प्रहरी कार्यालय मंगलापुरका प्रमुख रुम बहादुर केसीलाई सामाग्रीहरु हस्तान्तरण गरेको क्लबका सचिव अर्जुन ढकालले जानकारी दिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष विष्णु प्रसाद घिमिरे, सदस्य बालकृष्ण पाण्डे, विक्रम  अधिकारी, सुरज क्षेत्री, पदम खनाल लगायतको सहभागिता रहेको थियो ।

४३ सदस्य रहेको क्लबले सामाजिक कार्यहरु गर्दै आइरहेको छ । क्लबले गत साउनमा रक्तदान गरी ६७ युनिट रगत संकलन समेत गरेको थियो  ।

कोरोना महामारीविरुद्ध लड्नका लागि आवश्यक पर्ने सहयोग संस्थाले सदैव गरिरहने क्लबका अध्यक्ष पाण्डेले प्रतिवद्धता व्यक्त गरे ।

कोरोनाको महामारीले शिक्षा क्षेत्रमा पनि निकै प्रभाव पारेको ठहर गर्दे शिक्षा क्षेत्र माथि उकास्नको लागि ई–लर्निङ सम्बन्धि कार्यक्रम पनि सञ्चालन गर्न लागिएको पनि अध्यक्ष पाण्डेले जानकारी दिए ।