२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

लायन्स क्लवद्वारा संचारकर्मीलाई मास्क

शनिवार , भाद्र १३, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल । लायन्स क्लब अफ मणिग्रामले संचारकर्मीहरुलाई मेडिकल मास्क र सेनिटाईजर बितरण गरेको छ । 

    क्लबले शनिबार मणिग्राममा एक कार्यक्रम गरि ३ दर्जन बढी संचारकर्मीहरुलाई मेडिकल मास्क तथा सेनिटाईजर बितरण गरेको हो ।

    क्लबका अध्यक्ष सुरज कुमार लम्सालले वार्षिक कार्यक्रम अन्तरगत १६ औ कार्यक्रम चलाईरहेको बताए । कोभिड १९ को बिरुद्ध लगातार सचेतना र सुरक्षा सामग्री वितरणको कामलाई निरन्तरता दिएको उनले बताए । 

    एक्सपर्ट फाउण्डेसन नेपालका अध्यक्ष रोशन कंडेलले सामाजिक क्षेत्रमा काम गर्ने धेरै संस्थामध्ये यो फरक पहिचान बनाएर अघि बढेको दाबी गरे । 

    कार्यक्रममा क्लबका सचिव चोलाप्रसाद पाठक, कार्यक्रमका संयोजक बाबुराम देवकोटाले लायन्सको मर्म अनुसार आफुहरु निरन्तर सामाजिक हितको क्षेत्रमा लाग्ने बताए ।