२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रुपन्देहीको तिलोत्तमा ४ का ६० बर्षिय पुरुषको कोरोनाबाट मृत्यु 

शुक्रवार , भाद्र १२, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • बुटवल । रुपन्देहीको तिलोत्तमा ४ का एक जना कोरोना संक्रमीतको मृत्यु भएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवल अन्तरगत रहेको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । 

    भदौ ७ गते कोरोना संक्रमण देखिएपछि कोरोना अस्पतालमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा बिहीबार राती २ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

    उनमा उच्च रक्तचापको समस्या रहेको थियो । बिहिबार बिहान १० बजे पनि रुपन्देहीको तिलोत्तमाकी महिलाको कोरोनाबाट मृत्यु भएको थियो । 

    lumbini hospital.jpg