२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

वाँकेमा कोरोनाका कारण थप एक को मृत्यु

बिहिवार , भाद्र ११, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • नेपालगञ्ज । नेपालगञ्जमा कोरोना संक्रमण बाट थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ७ की ७० बर्षीया महिलाको विहिवार (आज) विहान साढे १० बजे उचचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

    दुबै फोक्सोमा निमोनिया भएकी ती महिला छातीमा समस्या भएपछि भदौ ३ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा भदौ ३ गते पिसिआर परिक्षणका लागि उनको स्वाब लिईएको र भदौ ५ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

    उनको स्वास्थ्य अवस्था विग्रिँदै गएपछि भदौ ६ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सारेर भेन्टिलेटरमा उपचार भइरहेको थियो । यसअघि नेपालगञ्जमै २ जनाको मृत्यु भईसकेको छ । ३७ बर्षीय र ६२ बर्षीय पुरुषको मृत्यु भएको हो ।

    बाँकेमा हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । नेपालगञ्जमा ३, नरैनापुर, कोहलपुर र बैजनाथमा १÷१ जनाको मृत्यु भैसकेको छ ।