२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रुपन्देहीको तिलोत्तमाकी महिलाको कोरोनाबाट मृत्यु 

बिहिवार , भाद्र ११, २०७७

बुटवल ११ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार ती महिलाको आज बिहान साढ १० बजे उपचारका क्रममा मृत्यु भएको हो । 

साउन २६ मा संक्रमण पुष्टि भएकी ती महिला घरमा आइसोलेशनमै बसेर उपचार गरिरहेकोमा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ४ दिनअघिदेखि भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो । 

उनीमा स्वास प्रश्वासमा समस्या, उच्च रक्तचाप, थाईराईड लगाएतका दिर्घरोगको समस्या रहेका अस्पतालले जनाएको छ । अस्पतालमै उपचाररत कपिलवस्तुका एकजना पुरुषको बुधबार राती मृत्यु भएको थियो ।