२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रुपन्देहीको तिलोत्तमामा १४ जनामा कोरोना संक्रमण 

बिहिवार , भाद्र ११, २०७७

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा ११ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १४ जना कोरोना संक्रमित थपिएका छ । 

    समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएपछि नगरपालिकाले गरेको  कन्ट्रायाक्ट ट्रेसिङमा बुधबार राति आएको रिर्पोट अनुसार तिलोत्तमामा १४ जना नयाँ संक्रमित थपिएको नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले जानकारी दिए । 

    प्रबत्ता श्रीका अनुसार तिलोत्तमा वडा नम्बर ३ का ७ जना, वडा नम्बर २ का ६ जना र वडा नम्बर १५ का १ जनामा कोरोना संक्रमण देखिएको हो । यसमध्ये केहि व्यक्ति समुदाय स्तरका हुन् । 

    समुदायस्तरमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिएपछि रुपन्देहीमा भदौ १४ गते सम्मका लागि निशेधाज्ञा जारी गरिएको छ ।