२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

कपिलबस्तुका कोरोना संक्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु 

बिहिवार , भाद्र ११, २०७७

बुटवल ११ भदौ । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

कोरोना विशेष अस्पतालमा उपचार गराईरहेका कपिलबस्तुको कपिलबस्तु नगरपालिका १ का ५० बर्षिय पुरुषको बुधबार राति उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । 

भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको अस्पतालले जनाएको छ । 

बुधबार बेलुका ७ बजे एक्कासी स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएकोमा उनको राती १० बजेर ५५ मिनेट जाँदा मृत्यु भएको सुचना अधिकारी गौतमले जानकारी दिए । यीसंगै कपिलबस्तुमा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।