२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रुपन्देहीमा १५ जना बन्दी सहित २८ जनामा कोरोना संक्रमण

बुधवार , भाद्र १०, २०७७

भैरहवा १० भदौ ।  रुपन्देहीमा बुधबार १५ जना बन्दी सहित २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुधबार मात्रै २८ जनामा कोरोना संक्रमण देखिएको छ ।  

२८ जना मध्ये बुटवल उपमहानगरपालिका ९ जना, सिद्धार्थनगरका १६ जना, तिलोत्तमा, देवदह र सियारीका थप १÷१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । 

१५ जना बन्दीहरु जिल्ला अदालतमा म्याद थप गर्ने बन्दी रहेको बताईएको छ । बन्दीहरुको भैरहवास्थित भीम अस्पतालमा स्वाव संकलन गरिएको थियो । ४० जना थुनुवाको स्वाव संकलन गरिएकोमा १५ जनाको पोटेटिभ आएको हो ।  

यो संगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ७ सय ६० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल सम्म रुपन्देहीमा ६ जनाको ज्यान गईसकेको छ भने ३ सय ४६ जना निको भएर गएका घर फर्किएका छन् । ४ सय ८ जनाको उपचार चलिरहेको छ ।