२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको सुरक्षामा खटिने ३ प्रहरीमा कोरोना संक्रमण 

मंगलवार , भाद्र ९, २०७७

बुटवल ९ भदौ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिदै आएका ३ जना शुरक्षकर्मीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

मुख्यमन्त्री पोखरेलको स्कटिङमा खटिदै आएका  एकजना हवल्दारसहित ३ जना शुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले ३ जना सुरक्षाकर्र्मीमा कोरोना संक्रमण पुष्टि भएको बताए । मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको पीसीआर स्वाब परीक्षण गर्ने क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि प्रतितसिंह राठौरले जानकारी दिए । 

यसअघि ५ दिनअघि पनि इलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा संक्रमण देखिएको थियो । उनीहरु सबैजनालाई बुटवलको देविनगर स्थित एन्फा एकेडेमीमा रहेको आइसोलेशनमा राखिएको छ ।