२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुटवलमा सुरू भयो कोरोना संक्रमितको ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार

सोमवार , भाद्र ८, २०७७

बुटवल, ८ भदौ ।
बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार सुरू गरिएको छ । कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भिर संक्रमित बिरामीलाई दिने प्रक्रियालाई प्लाज्मा थेरापी भनिन्छ । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाले अस्पतालको भेन्टिलेटरमा उपचाररत ७० वर्षीया महिलालाई प्लाज्मा थेरापी गरिएको बताए । डा. थापाले भने, ‘हामीले सोमबारदेखि यो सेवा सुरू ग¥यौं, अब आवश्यक परेमा निरन्तर जारी राख्छौं ।’

जटिल संक्रमित बिरामीका लागि प्लाजमा थेरापी प्रयोग गर्न सकिन्छ । अंग प्रत्यारोपण भई औषधि खाइरहेका र क्यान्सर रोगका बिरामीसँग इम्युनिटी पावर कम हुने भएकाले त्यस्ता बिरामीलाई कोरोना भाइरस लागेमा प्लाज्मा थेरापीको प्रयोग गर्न सकिन्छ । बुटवलको कोरोना विशेष अस्पतालमा १६ जना बिरामी आईसीयूमा छन् भने २३ जना आइसोलेसनमा छन् ।