
आइतवार , भाद्र ७, २०७७
भैरहवा, ७ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ नम्बर वडा कार्यालयले भविष्यमा आउन सक्ने जोखिमलाई केही हदसम्म न्यूनीकरण गर्न कोरोना बीमा गराउन वडावासीहरुलाई आग्रह गरेको छ ।
आइतबार सूचना जारी गर्दै वडा कार्यालयको सिफारिसले कोरोना बीमा गर्दा ५० प्रतिशत छुटको व्यवस्था भएकोले यथाशिघ्र बीमा गराउन कार्यालयले अपिल गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले सारा जगतलाई नै स्तब्ध बनाएको अवस्थामा वडावासीलाई आगामी दिनमा आइपर्ने समस्याबाट केही भए पनि राहत होस् भन्ने उद्देश्यले कोरोना बीमा गर्न अपिल गरिएको वडा सदस्य सरोज ठकुरीले बताए ।
वडाअध्यक्ष करुञ्जन कुमार श्रेष्ठले सूचना जारी गर्दै आफ्नो छरछिमेकामा कोरोना संक्रमित भएको पाइएमा त्यस्ता व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरी ती व्यक्तिहरुलाई हौसला प्रदान गरी थप सकारात्मक आत्मबल बढ्ने खालको क्रियाकलाप गर्न वडावासीहरुलाई आग्रह गरेका छन् ।
‘कसैले पनि संक्रमित व्यक्ति तथा घरपरिवारलाई हत्तोसाहित गर्ने अथवा गालीगलौच गर्ने र अमानवीय व्यवहार गरिएको पाइएमा कानून बमोजिम दण्ड जरिवाना गर्न सि.न.पा.–१२ नम्बर वडा बाध्य हुनेछ, सूचनामा उल्लेख छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij