२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा दुईजनाको मृत्यु

आइतवार , भाद्र ७, २०७७

भैरहवा, ७ भदौ । 
कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालको आई.सी.यू.(सघन कक्ष) भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

बुटवल उपमहानगरपालिका–१ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र सम्मरीमाई गाउँपालिका–२ मुडिलाका ३८ वर्षका पुरुषको दिउँसो १ः१० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

मृतक ६७ वर्षिय महिला साउन ३१ गते कोभिड पोजेटिभ भई अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई स्वासप्रस्वासमा समस्या, दिर्घ रोग, प्रेसर र मृगौलासम्बन्धि रोग थियो । उनको आइतबार बिहानदेखि स्वास्थ्य थप गम्भिर भएको अस्पतालले जनाएको छ ।

त्यस्तै सम्मरीमाई–२ का ३८ वर्षिय पुरुष भदौ १ गते कोभिड पोजेटिभ भए स्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना भएका थिए ।