२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नवलपरासीमा पृथ्वी चन्द्र अस्पतालका ३ डाक्टर र एक नर्स सहित २९ जनामा कोरोना

आइतवार , भाद्र ७, २०७७

नवलपरासी, ७ भदौ ।
पश्चिम नवलपरासी जिल्लामा आइतबार मात्रै २९ जना कोरोना संक्रमित थप भएका छन् । संक्रमित रामग्राम नगरपालिका र पाल्हिनन्दन गाउँपालिका हुन् ।

गत साउन ३२ गते रामग्राम नगरपालिकाबाट २० जना र पाल्हिनन्दन गाउँपालिकाबाट ३७ जनाको स्वाव संकलन गरी कोरोना परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन रत्नलाल शर्माले जानकारी दिए । 

शर्माका अनुसार रामग्राम नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पृथ्वीचन्द्र अस्पतालमा कार्यरत ३ जना पुरुष डाक्टर हुन् भने १ जना नर्स हुन् ।

त्यस्तै पाल्हिनन्दन गाउँपालिकामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पुरुष १८ र महिला ७ छन् । यससङ्गै जिल्लामा कोरोना सक्रमितको संख्या १ सय ७३ पुगेको छ ।