२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

गुल्मीमा घाइते वयस्क चितुवा फेला 

स्थानीय र वन कार्यालयद्वारा उद्दार 

आइतवार , भाद्र ७, २०७७

गुल्मी, ७ भदौ ।
गुल्मीमा घाइते वयस्क चितुवा फेला परेको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैको जंगलमा भेटिएको घाइते वयस्क  चितुवालाई त्यस क्षेत्रका स्थानीय, जिल्ला वन कार्यालय गुल्मी र गुल्मी प्रहरीको टोलीले उद्दार गरेका छन ।

जिल्ला वन कार्यालय गुल्मी र गुल्मी प्रहरीले चितुवालाई नियन्त्रणमा लिइ सुरक्षित स्थानमा राखेको छ । जिल्ला वन कार्यालय गुल्मीका सुचना अधिकारी सलिना केसीले भनिन् ‘वयस्क चितुवा घाइते अवस्थामा रहेको र उसको प्रकृति हेर्दा कुनै विषालु चिज सेवन गरे जस्तो देखिन्छ हामी त्यसको व्यवस्थापनमा लागेका छौं ।’

वन कार्यालय गुल्मीमा राखी चितुवाको उपचार भइरहेको छ । चितुवाको स्वास्थ्य अवस्थामा सुधार आए पछि व्यवस्थापन गर्न वन कार्यालय गुल्मीले जनाएको छ ।