२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

सिद्धार्थ साहित्यको २३७ औं मासिक संगम सम्पन्न

शनिवार , भाद्र ६, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, ६ भदौ ।
    सिद्धार्थ साहित्य परिषदद्धारा प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन हुंँदै आएको  मासिक संगम अन्तर्गत आज २३७ औं सम्पन्न भएको छ ।  कोभिड–१९ को महामारी पश्चात नयाँ वर्ष २०७७ देखि परिषदले भर्चुवल संगमका रुपमा कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । 

    परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता, कोषाध्यक्ष सिता काफ्लेको स्वागत तथा सचिव लक्ष्मीप्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

    सो अवसरमा संगमका राधा भट्टराई, देवीप्रसाद न्यौपाने धिर, सिता काफ्ले, सरु ज्ञवाली, वनमाली निराकार, अनुराधा ढकाल, हिरालाल धामी, विजय पाण्डे लगायतका श्रष्टाहरुले आ–आफनो रचना वाचन गरेका थिए । 

    सहभागिलाई धन्यवाद ज्ञापनसहित परिषदका अध्यक्ष भट्टराईले तीजको शुभकामनाका साथै युवा कवि मोतिराम भट्ट र राष्ट्रकवि माधव प्रसाद घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।