शुक्रवार , मंसिर ११, २०८३
भैरहवा, ११ मंसिर । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह रुपन्देही आउनुहुने भएको छ । उहाँ शुक्रबार (आज) बेलुकी भैरहवा आइपुग्नुहुनेछ ।
मन्त्री साहको प्रमुख आतिथ्यतामा शनिबार भैरहवामा चेम्बर अफ कमर्स, रुपन्देहीको १९ औं वार्षिक साधारण सभा हुने संस्थाका सल्लाहकार भोपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
साधारण सभा शनिबार बिहान ९ बजे सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संस्थाकै सभाहलमा सुरु हुने महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो ।
साधारण सभाको पूर्वसन्ध्यामा शुक्रबार बिहान संस्थाको भवन अगाडि सरसफाई कार्यक्रम आयोजना गरिएको पनि महासचिव अधिकारीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij