२०८३, मंसिर १० गते

Nov 26 2026 | २०८३, मंसिर १० गते

काशीमा नृत्य प्रतियोगिता सम्पन्न

बिहिवार , मंसिर १०, २०८३

  • 109
    Shares
  • 109
    Shares
  • भैरहवा, १० मंसिर । काशी नोबल एकेडेमी सिद्धार्थनगरमा डान्सिङ स्टार सिजन ५ प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । विद्यालयको वार्षिक क्यालेण्डर अनुसार कक्षा १ देखि १० सम्मका छात्रछात्राले नृत्य प्रतियोगितामा भाग लिएका थिए । 

    विद्यार्थीको प्रतिभा कला गलाका साथै संगीतमा दखलताका लागि कार्यक्रमको आयोजना गरिएको प्राचार्य राजेन्द्र घिमिरेले बताउनुभयो । 
    नृत्य प्रतियोगिताको निर्णायकमा संजिव राना, मुस्कान राना र सिला डिसीरहनुभएको थियो । प्रतियोगितामा १३९ जना विद्यार्थी सहभागी भएको कार्यक्रम संयोजक हरि प्रसाद आचार्यले बताउनु भयो । 

    कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्र घिमिरे, सह–प्राचार्य श्री रायमाझी, इसी इन्चार्ज सागर भुषाल, सहजीकरण अनिल वंशल, निर्मल हुमागाई, दीपक काफ्ले, तेज प्रसाद पन्थ, डिलाराम पाण्डे, सिके भुषाल, मीरा सारु, सरस्वती बस्नेतलगायतको उपस्थिति रहेको थियो । 
    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिने प्राचार्य घिमिरेले बताउनुभयो ।