२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

काठमाण्डौ उपत्यकमा ३६ जना सशस्त्र प्रहरीमा कोरोना 

शुक्रवार , भाद्र ५, २०७७

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौ। काठमाडौं उपत्यकामा ३६ जना सशस्त्र प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

    सशस्त्र प्रहरीका केन्द्रिय प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार शुक्रबार काठमाडौं र भक्तपुर गणका ३६ जनामा संक्रमण देखिएको हो ।

    भक्तपुरस्थित दुवाकोट गणका २० जना र काठमाडौंको निलबाराही गणका १६ जनामा संक्रमण देखिएको हो । प्रवक्ता डिआइजी अर्यालका अनुसार उनिहरूलाई आइसोलेशनमा लगिएको छ । 

    नेपालभरी सशस्त्र प्रहरीमा अहिले सम्म ३ सय ८८ जनामा संक्रमण देखिएको छ। जसमा २ सय २४ जनाको उपचार भइरहेको छ ।