
शुक्रवार , भाद्र ५, २०७७
भैरहवा, ५ भदौ ।
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले क्लबमा आबद्ध महिला सदस्यलाई घरमै पुगेर हरितालिका तिजको उपहार प्रदान गरेको छ ।
क्लबका अध्यक्ष शिवनाथ गुप्तासहितको टोलीले महिला सदस्यहरुको घरघरमै पुगेर मिठाई तथा उपहार प्रदान गरिएको ग्रिनसिटीका सचिव भिम थापाले बताए ।
थापाले भने, ‘कोभिड–१९ का कारण विगतका वर्षझै यस वर्ष हर्षाेल्लासका साथ तिज मनाउन नपाए पनि परम्परागत रूपमा चलिआएको धर्म र संस्कृतिलाई आत्मसात गर्दै आफु र आफ्नो परिवार तथा समाजलाई कोरोना भाइरसबाट होसियारी भई हरितालिका तीज मनाउने गरी ग्रिनसिटीमा आबद्ध दिदीबहिनीलाई तिजको उपहार प्रदान गरेका हौं ।’
कोरोना भाइरसको संक्रमण त्रासको कारण स्थानीय सरकार र प्रशासनले लकडाउन जारी राखेका छन् । लकडाउनको कारण यस पटक महिलाहरुले तिज पर्व घरभित्रै मनाएका छन् ।
विगतका वर्षमा मठ, मन्दिर, विद्यालयहरुमा भेला भएर तिजको अवसरमा दिदिबिहिनीले गित मार्फत सुःखदुख बाड्ने गर्थे । रोटेपिङ खेल्ने, तिज गित गाएर नाच्ने अभिलाषा बोकेर विवाहित चेलिबेटीहरु माइतीघर जाने प्रचलन नेपालमा रहेको छ । पहाडी क्षेत्रमा साउने संक्रान्तिको दिन देखि दैनिकजसो सांझ गाउँगाउँमा चेलिबेटी जम्मा भएर तिजको गितमा नाँच्ने गाउने गर्छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij