आइतवार , आश्विन ११, २०८३
भैरहवा, ११ असोज । भारतबाट नेपाल घुम्न आउने पहिलो पर्यटकको रुपमा नेपाल प्रवेश गरेका कार्तिके शर्मा र सन्दिप सिंहलाई आइतबार बिहान सीमा नाका बेलहियामा स्वागत गरिएको छ ।
शर्मा भारतको उत्तराखण्डस्थित रोरकि भन्ने ठाउँबाट ८ दिनको लागि अन्नपूर्ण बेस क्याम्प घुम्ने गरी नेपाल आउनुभएको हो । त्यसै गरी दिल्लीबाट आएका सन्दिप १२ दिनका लागि अन्नपूर्ण सर्किट ट्रेकिङ गर्न आउनुभएको हो ।
पर्यटन विकास परिषद लुम्बिनीको आयोजनामा बेलहियामा भएको कार्यक्रममा बोल्नहुँदै मन्त्री चौधरीले नेपालको रसुवा, नुवाकोट क्षेत्रबाहेक अन्य क्षेत्र घुमफिर गर्न सुरक्षित रहेको बताउनुभयो ।
४७ औं विश्व पर्यटन दिवस मूल समारोहको रुपमा बेलहियामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, पर्यटन विकास परिषदको कार्यालय प्रमुख शारदा बस्याल, नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र बहादुर थापा, लुम्बिनी होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष माधव खनाल, सोट्टो लुम्बिनी प्रदेशका उपाध्यक्ष संजीव जोशी, पर्यटन विकास परिषद सदस्य माधब नेपाल लगायतले पर्यटकलाई स्वागत गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij