२०८३, आश्विन ११ गते

Sep 27 2026 | २०८३, आश्विन ११ गते

लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाको ३२ औं साधारण सभा सम्पन्न

आइतवार , आश्विन ११, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • भैरहवा, ११ असोज । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिद्धार्थनगर भैरहवाको ३२ औं वार्षिक साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष राधा देवी थापाको अध्यक्षता एवं संस्थाका ज्येष्ठ शेयर सदस्य डा.गितु गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

    सभामा २०८२ सालको कक्षा ११ र १२ को वार्षिक परीक्षामा संस्थागत विद्यालयबाट सहभागी भइ सर्वोत्कृष्ट अंक प्राप्त गर्नुभएका शेयर सदस्य मनोज रेग्मीका सुपुत्र दृष्टान्त रेग्मीलाई नगदसहित सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

    सभासमक्ष अध्यक्ष राधा देवी थापाले वार्षिक कार्य प्रगति विवरण तथा आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरीवेक्षण समितिका संयोजक माधब अर्यालले आ.व.२०८२/०८३ को आर्थिक गतिविधि र वार्षिक लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    प्रस्तुत दुवै प्रतिवेदनमाथि सभामा उपस्थित शेयर सदस्यहरू हेमनाथ ज्ञवाली, पोमनारायण ज्ञवाली र सुरज घिमिरेले केही जिज्ञासा राख्नुभएको थियो भने दुवै प्रतिवेदन आवश्यक सुझावसहित सर्वसम्मतिले सभाबाट अनुमोदन भयो ।
    सभामा प्रस्तुत प्रवेदनमाथि छलफल र सुझावसहितको माइन्यूट लेखन समितिको संयोजकमा शेयर सदस्य शेषनारायण भण्डारी तथा सदस्यहरूमा देवी प्रसाद न्यौपाने र कृष्णचन्द्र बस्याल लगायतका १५ जनाको प्रस्तावित नाम सभाले अनुमोदन गरेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि डा.गितु गिरी, सल्लाहकार कुलानन्द ज्ञवाली, शेयर सदस्य भरत पोखरेल, प्रतिभा काफ्ले, दीपक गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यो संस्था यस क्षेत्रको उत्कृष्ट सहकारी भएको, सामाजिक कार्यमा संस्था सक्रिय रहेको, आफूलाई सबल रूपमा स्थापित गराउँदै विषम परिस्थितिमा पनि सन्तुलित ढंगबाट अगाडी बढेको र आगामी दिनमा यस संस्थाले सिद्धार्थनगरको नेतृत्व गरी नमूना सहकारी हुनुपर्ने धारणा प्रकट गर्नुभयो।

    WhatsApp Image 2026-09-27 at 6.56.47 AM.jpeg

    संस्थाका उपाध्यक्ष लक्ष्मण ज्ञवालीको स्वागत तथा सञ्चालक समिति सदस्य सीता कुमारी ढुंगाना काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।