२०८३, आश्विन ११ गते

Sep 27 2026 | २०८३, आश्विन ११ गते

‘संघीयता कार्यान्वयनका ९ वर्षसम्म कार्यशैलीमा सुधार आएन, अझै कति पर्खिनुपर्ने हो ?’

आइतवार , आश्विन ११, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • काठमाडौँ, ११ असोज । वागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले संघीयता कार्यान्वयन भएको ९ वर्ष बित्न लाग्दासमेत तीन तहका सरकारबीचको कार्यशैली र समन्वयमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ । 

    आईतवार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रजापतिले यस्तो बताउनुभएको हो ।  उहाँले उद्योग, पर्यटन तथा यातायात क्षेत्रका काममा संघ, प्रदेश र स्थानीय सरकारबीच द्वन्द्वजस्तो अवस्था देखिएको टिप्पणी गर्नुभयो । उहाँले तीन तहको सरकारबीच पर्याप्त समन्वय हुन नसक्दा सेवा प्रवाह र पूर्वाधार विकासका काम समेत प्रभावित हुने गरेको बताउनु भयो । संघीय शासन प्रणालीमा यसरी तीन तहको सरकारबीच समन्वय नहुँदा ठिक ढंगले राज्य सञ्चालन गर्न कठिन हुने उहाँको भनाइ छ ।

    उहाँले जिम्मेवारीमा रहेक व्यक्तिले प्रभावकारी राज्य सञ्चालनप्रति जिम्मेवार र गम्भीर हुन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले वागमती प्रदेशको यातायात क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताउनु भयो । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी तथा नवीकरण र सवारीसाधनको ब्लुबुक नवीकरण गर्ने सफ्टवेयरमा समस्या आउँदा सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसकेको कुरामा समेत आफू गम्भीर रहेको उहाँको भनाइ छ ।

    मन्त्री प्रजापतिले उद्योग तथा पर्यटन क्षेत्रमा समेत संघीय सरकारसँग पर्याप्त समन्वय हुन नसकेको उहाँले बताउनुभयो । उहाँले १० भदौको रसुवाको भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन तथ्यांक समेत प्रदेश सरकार नरहेको  उल्लेख गर्नुभयो । कानूनी जटिलता र संघीय सरकारसँगको समन्वय अभावका कारण तथ्यांक संकलनमा समस्या उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘अहिले खासगरी संघ, प्रदेश र स्थानीय सरकारबीच पर्याप्त मात्रामा समन्वय हुन सकेको छैन भन्ने आभास हुन्छ । मैले काम गर्दाखेरी उद्योग, पर्यटन र यातायतको क्षेत्रमा कतै संघ सरकारसँग द्वन्द्व, कतै प्रदेश र कतै स्थानीय सरकारसँग द्वन्द्व भएको जस्तो लाग्छ । यसरी राष्ट्र चल्दैन जस्तो लाग्छ । किनभने अहिले संघीयता लागू भएको ९ वर्ष पुग्न लागिसक्यो । यदि ९ वर्षसम्म पनि हामीले काम गर्ने तरिकालाई सुधार्न सक्दैनौँ भने अब अरु कति वर्ष लिने ? मलाई यो विषयमा पीडा हुन्छ ।

    यसको जिम्मेवारी म आफैंले लिनुपर्छ जस्तो पनि लाग्छ । किनभने अहिले मैले जिम्मेवारी लिएको छुँ, मैले गर्न सक्दिनँ भनेर मैले सुख पाउने पाउँदिन । त्यसकारण हामी वागमती प्रदेशको यातायात क्षेत्रलाई व्यवस्थित गर्नको लागि खटेका छौँ ।

    यातायात मन्त्रालयका सचिवज्यूले पनि धेरै गर्नुभएको छ । सवारीको लाइसेन्स बनाउने तथा नवीकरण गर्ने, ब्लुबुकहरु नवीकरण गर्ने सफ्टवेयरमा केही समस्या आएको छ । त्यसकारण सेवाग्राहीलाई सेवा दिनसक्ने अवस्थामा छैनौँ । यसको समाधानको लागि हामी खटिरहनुभएको छ । उद्योग क्षेत्रमा पनि समन्वय छैन । अस्ति बाढीमा कति जनाको मृत्यु भयो ? पर्यटक तथा व्यवसायी  कतिको मृत्यु भएको  भन्ने कुराको तथ्यांक हामीसँग छैन । कानूनी अड्चन रसंघीय सरकारसँगको समन्वयको अभावले अहिले हामी त्यो तथ्यांक संकलन गर्ने अवस्थामा छैनौँ ।’

    उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भयो ।