२०८३, आश्विन ११ गते

Sep 27 2026 | २०८३, आश्विन ११ गते

निर्वाचनको परिणाम स्वीकार्दै संगठन सुदृढीकरणमा लाग्ने संजीव शर्मा रेग्मीको प्रतिबद्धता

आइतवार , आश्विन ११, २०८३

  • 391
    Shares
  • 391
    Shares
  • भैरहवा, ११ असोज । नेपाली काँग्रेस सिद्धार्थनगर नगर समिति, रुपन्देहीको अधिवेशनमा सभापति पदका प्रत्याशी संजीव शर्मा रेग्मीले निर्वाचनको परिणामलाई सम्मान गर्दै पार्टीको एकता र संगठन सुदृढीकरणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    गत असोज ४ गते सम्पन्न अधिवेशनपछि धन्यवाद तथा आभार व्यक्त गर्दै रेग्मीले आफूलाई मतदान गर्ने प्रतिनिधिहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको हो । उहाँले निर्वाचनको प्रतिष्पर्धा समाप्त भइसकेकाले सबैलाई समेटेर नयाँ नेतृत्वलाई सफल बनाउन सहयोग गर्ने र पार्टीलाई एकताबद्ध तथा जनमुखी बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

    उहाँले व्यक्ति र भूमिका फरक भए पनि पार्टी, विचार र लक्ष्य साझा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि संगठनका हरेक सकारात्मक अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।