शनिवार , आश्विन १०, २०८३
भैरहवा, १० असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम परिवर्तन गरिएको छ । प्रतिकूल मौसमका कारण यसअघि तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गर्दै नयाँ मिति निर्धारण गरिएको हो ।
काँग्रेस जिल्ला निर्वाचन समिति, रुपन्देहीले शुक्रबार जारी गरेको विज्ञप्ती अनुसार प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १४ गते गर्ने निर्णय भएको छ ।
यसअघि प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज ११ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गते गर्ने कार्यक्रम तय गरिएको थियो ।
प्रतिकूल मौसमका कारण काँग्रेस केन्द्रीय निर्वाचन समितिको समन्वयमा निर्वाचन कार्यक्रम स्थगित गरी नयाँ मिति निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij