२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

स्वस्तिक महिला सहकारीको १९ औं वार्षिक साधारण सभा सम्पन्न

शनिवार , आश्विन १०, २०८३

  • 286
    Shares
  • 286
    Shares
  • भैरहवा, १० असोज । श्री स्वस्तिक महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर नगरपालिका–९, गोलिगढ, रुपन्देहीको १९ औं वार्षिक साधारण सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ । साधारण सभाले संस्थामा रिक्त रहेका पदमा उपनिर्वाचनमार्फत पदपूर्ति गरेको छ ।

    उपनिर्वाचनबाट संस्थाको उपाध्यक्षमा अनिता थापा र सचिवमा सिर्जना नेपाल निर्वाचित हुनुभएको छ । त्यस्तै रिक्त सञ्चालक सदस्य पदमा सुजला ज्ञवाली, दुर्गा भट्टराई र देवकला टण्डन निर्विरोध निर्वाचित हुनुभएको छ ।

    निर्वाचन मण्डलका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत कमलकान्त खनालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो ।

    संस्थाको अध्यक्ष लता पोखरेलको अध्यक्षता, संस्थापक अध्यक्ष लक्ष्मीदेवी पाण्डेको प्रमुख आतिथ्यता तथा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं संस्थाको शेयर सदस्य उमा अधिकारी विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष पार्वती ज्ञवालीलगायतको उपस्थिति थियो ।

    साधारण सभामा अध्यक्ष लता पोखरेलले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सरस्वती खनालले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक रिमा भट्टराईले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभाले अध्यक्ष, कोषाध्यक्ष र लेखा संयोजकका प्रतिवेदनसँगै लेखापरीक्षकको प्रतिवेदन तथा अध्यक्षबाट प्रस्तुत नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको छ ।

    साधारण सभाले संस्थाको भवनको माथिल्लो तलामा ट्रस्ट लगाई सभाहल निर्माण गर्ने प्रस्तावसमेत पारित गरेको छ । सो क्रममा शेयर सदस्य रचना क्षेत्रीले सभाहल निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    १९ औं वार्षिक साधारण सभाको अवसरमा संस्थाले ज्येष्ठ शेयर सदस्य ज्ञानु ओली र माया थापा तुलाधरलाई सम्मान गरेको छ । त्यस्तै असल ऋणी कृष्ण राना र रेखा हरिजनलाई पनि सम्मान गरिएको थियो ।

    आर्थिक वर्ष २०८२/०८३ मा सबैभन्दा धेरै शेयर सदस्य बनाउन योगदान पुर्‍याएको भन्दै ऋण उपसमिति सदस्य मञ्जु सुनारलाई सम्मान गरिएको थियो । त्यस्तै गत आर्थिक वर्षमा संस्थामार्फत निःशुल्क तालिम तथा स्वास्थ्य शिविर सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सचिव तथा शिक्षा तालिम संयोजक अनिता थापालाई पनि सम्मान गरिएको संस्थाले जनाएको छ ।

    त्यसै गरी संस्थाप्रति सहयोग, सद्भाव र आत्मीयता देखाएको भन्दै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीलाई सम्मान गरिएको थियो ।

    1111.jpg

    कार्यक्रममा सञ्चालक सदस्य सलीमुन निशाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव अनिता थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    संस्थाले ३७ जना शेयर सदस्यलाई शेयर प्रमाणपत्रसमेत वितरण गरेको अध्यक्ष लता पोखरेलले जानकारी दिनुभयो ।

    WhatsApp Image 2026-09-26 at 8.33.03 AM (2).jpeg