२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

शनिवार , आश्विन १०, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • पश्चिम नवलपरासी, १० असोज । पश्चिम नवलपरासी जिल्लामा सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकहरूलाई स्वीकृत विपद् प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा राखिएको छ ।
    प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालका अनुसार बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि सम्पूर्ण संयन्त्रलाई ‘हाई अलर्ट’ मा राखिएको हो ।

    मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना देखाएसँगै जिल्ला प्रशासन कार्यालय, पश्चिम नवलपरासीले विपद् व्यवस्थापनका लागि पूर्वतयारी तीव्र पारेको छल। जिल्ला प्रशासन कार्यालयले अविरल वर्षाका कारण हुन सक्ने सम्भावित विपद्लाई ध्यानमा राख्दै सम्पूर्ण जिल्लाबासी तथा सरोकारवाला निकायहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    कार्यालयबाट जारी सूचना अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने हुँदा पूर्वतयारी र सतर्कतालाई तीव्रता दिइएको छ ।

    प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै स्थानीय तहका जनप्रतिनिधि र स्वयंसेवकहरूलाई जुनसुकै समयमा उद्धार तथा राहतमा खटिन सक्ने गरी तयारी अवस्थामा रहन भनिएको छ ।

    विपद्को जोखिम बढेसँगै नदी तटीय क्षेत्र तथा चुरे भूभाग नजिकका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । कुनै पनि आपत्कालीन घटना घटेमा तत्काल उद्धार टोली परिचालन हुने गरी जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र र सुरक्षा निकायका संयन्त्रहरू सक्रिय पारिएको छ ।