२०८३, आश्विन ९ गते

Sep 25 2026 | २०८३, आश्विन ९ गते

काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचन कार्यतालिकामा फेरबदल

शुक्रवार , आश्विन ९, २०८३

  • 721
    Shares
  • 721
    Shares
  • भैरहवा, ९ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ । जिल्ला निर्वाचन समितिले यसअघि २०८३ असोज १० गतेका लागि तय गरेको निर्वाचन कार्यक्रम लगातारको वर्षाका कारण एक दिन पर सारिएको छ । 

    नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर केही दिन भारी वर्षा भइ जनजीवन प्रभावित हुन सक्ने सम्भावनाको सूचना जारी गरेको तथा काँग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्तीसमेतका आधारमा निर्वाचन कार्यक्रमको कार्यतालिका फेरबदल गरिएको जनाएको छ । 

    नयाँ कार्यतालिकाअनुसार काँग्रेस रुपन्देहीको प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज ११ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गते हुने भएको छ ।

    WhatsApp Image 2026-09-25 at 10.53.09 AM.jpeg

    जिल्ला निर्वाचन समिति रुपन्देहीले निर्वाचन कार्यक्रमसम्बन्धी जानकारीका लागि उक्त सूचना प्रकाशित गरेको हो । समितिका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतमद्वारा जारी विज्ञप्तीमा निर्वाचन कार्यक्रम संशोधन गरिएको उल्लेख छ ।