बिहिवार , आश्विन ८, २०८३
भैरहवा, ८ असोज । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाँडास्थित पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान करिब ९ः१५ बजे सन्धिखर्कबाट किमडाँडातर्फ जाँदै गरेको लु ५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब १३० फिट तल खसेको थियो ।
दुर्घटनामा ट्याक्टर चालक सन्धिखर्क नगरपालिका–८ काउलेचौपारी बस्ने अन्दाजी ३६ वर्षीय सुरज विश्वकर्माको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरी निरीक्षक फल बहादुर गुरुङका अनुसार दुर्घटनाको खबरप्राप्त हुनासाथ प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij