२०८३, आश्विन ८ गते

Sep 24 2026 | २०८३, आश्विन ८ गते

काँग्रेस सिद्धार्थनगरमा न्यौपानेको प्यानलै विजयी

बिहिवार , आश्विन ८, २०८३

  • 406
    Shares
  • 406
    Shares
  • भैरहवा, ८ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न सिद्धार्थनगर नगरपालिका नगर कार्यसमितिको निर्वाचनमा देवराज न्यौपाने सभापतिमा निर्वाचित हुनुभएको छ । कुल ३१८ मत खसेकोमा न्यौपानेले १५९ मत प्राप्त गर्नुभयो । सभापतिका अर्का उम्मेदवार संजीव शर्मा रेग्मीले १५० मत प्राप्त गर्नुभयो ।

    नगर कार्यसमितिको नेतृत्वका लागि न्यौपाने र रेग्मीले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिनुभएको थियो । सभापतिमा निर्वाचित न्यौपाने अघिल्लो अधिवेशनमा काँग्रेस सिद्धार्थनगरको उपसभापति पदमा निर्वाचित हुनुभएको थियो । उहाँले पछिल्लो समय नगरको कार्यबाहक सभापतिको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको थियो ।

    न्यौपानेको प्यानलबाट उम्मेदवारी दिनुभएका गौरव श्रेष्ठ उपसभापति, निलु श्रीस मगर महिला उपसभापति, धर्मबीर शर्मा र दिनेश केवट सह–सचिवमा निर्वाचित हुनुभयो । श्रेष्ठले १७४, मगरले १६२, शर्माले १६७ र केवटले १६५ मत प्राप्त गर्नुभयो ।

    रेग्मीको प्यानलबाट उपसभापतिका उम्मेदवार अनिल के.सी.ले १३२, उपसभापति (महिला) लक्ष्मी अर्यालले १४६, सचिव पंकज उदासले १४०, सह–सचिव राम मिलन यादवले १३९ मत प्राप्त गर्नुभयो ।

    सदस्य (खुल्ला) तर्फ सिद्धार्थनगर–१ बाट माधव शर्मा १६७ मतका साथ विजयी हुँदा उहाँका प्रतिष्पर्धी खगनाथ गैरैले १३० मत प्राप्त गर्नुभयो । सदस्य महिला (तर्फ) सिद्धार्थनगर–६ बाट सीतादेवी थारु १६० मतसहित विजयी हुँदा उहाँका प्रतिष्पर्धी उर्मिला कुमारी शर्माले १३६ मत प्राप्त गर्नुभयो ।

    अन्य वडाबाट सदस्य, युवा तथा दलिततर्फ सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।